मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ

रियल स्कुल अफ नेपाल २०१९ : काठमाडौं पश्चिमबाट फाइनलमा छानियो ज्ञानकुञ्ज

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०६:३५:००

‘रियल स्कुल अफ नेपाल २०१९’ अन्तर्गतको तेस्रो क्षेत्रीय फाइनल काठमाडौं पश्चिममा सम्पन्न भएको छ । बुधबार सम्पन्न प्रतियोगिताबाट ज्ञानकुञ्ज हायर सेकेन्डेरी स्कुल विजयी भई राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ । विद्यालयका रोबिन्स खनाल, प्रेजु खनाल, निशान्त आचार्य, सुनिम भण्डारी, रिजन सारु, र जिडान तामाङले राष्ट्रिय फाइनलमा अन्य क्षेत्रीय फाइनलका विजयीसँग प्रतिस्पर्धा गर्ने डाबर नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीलाई सिनियर र जुनियर समूहमा विभाजित गरी विभिन्न प्रतियोगिता गराइएको थियो, जसमध्ये सिनियर समूहतर्फ एक्सटेम्पोरमा ज्ञानकुञ्जका रोबिन्स खनाल, डान्समा, लक्ष्मी शिक्षा सदन हायर सेकेन्डरी स्कुलकी आकृति तिरुवा तथा फुटबल जगलिङमा ज्ञानकुञ्जकै निशान्त आचार्य बने । 

त्यस्तै, जुनियर समूहतर्फ पेन्टिङमा लर्निङ रेयल्म इन्टरनेसनल स्कुलका प्रणय शाक्य, (थ्री) ३ मिनेट टु फेममा ज्ञानकुञ्जका सुनिम भण्डारी तथा स्कोर दि रियल गोलमा ब्वन्युकुठी सेकेन्डेरी स्कुलका जगत सुन्दर विजयी भएको डाबर नेपालले जानकारी दिएको छ । प्रतियोगिताको चौँथो क्षेत्रीय (फाइनल) शुक्रबार ललितपुरमा हुनेछ ।