मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०६:२१:००
Read Time : > 2 मिनेट
फिचर

विश्वका १० ठूला धनाढ्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०६:२१:००

जेफ बेजोस 
बेजोससँग १ सय ३७ बिलियन अमेरिकी डलर सम्पत्ति छ । अमेरिकी नागरिक बेजोस अमाजोनडटकमका संस्थापक र सिइओ हुन् । उनी ४६ वर्षका भए  डिभोर्सपछि आधा सम्पत्ति श्रीमतीले लैजाँदा उनी चौथो बरियतामा झर्नेछन् । उनीसँगै उनकी श्रीमती पनि चौथो धनीमा दर्ज हुनेछिन् । 

वारेन बफेट 
धनाढ्यको सूचीमा रहेका अर्का अमेरिकी वारेन बफेट वर्कसायर ह्याथवे कम्पनीका सिइओ हुन् । उनको सम्पत्ति ८० दशमलव ९ बिलियन छ । 

बर्नाड अर्नाअल्ट 
फ्रान्सेली नागरिक बर्नाल्ड  आरामदायी सामग्री उत्पादन गरेर प्रसिद्धि कमाएको कम्पनी एलभिएमएचका सिइओ हुन् । उनको सम्पत्ति ७२ बिलियन डलर छ ।  

अमान्सियो ओर्टेगा 
स्पेनिस नागरिक ओर्टेगा धनाढ्यको सूचीमा पाँचौँ नम्बरमा छन् । उनी इन्डिटेक्स फेसन ग्रुपका संस्थापक तथा पूर्वअध्यक्ष हुन् । विश्वचर्चित ‘जारा’ ब्रान्डका कपडा यही समूहले उत्पादन गर्छ । ओर्टेगाको कुल सम्पत्ति ६१ दशमलव ४ बिलियन डलर छ । 

कार्लोस स्लिम 
५९ दशमलव २ बिलियन डलरसहित कार्लोस स्लिम हेलु छैटौँ स्थानमा छन् । उनले आफ्नो स्वामित्वमा रहेको ग्रुपो कार्सो कम्पनी छोरा कार्लोस स्लिम डोमिटलाई हस्तान्तरण गरेका थिए । तर, अझै पनि कार्लोस मेक्सिकोका सर्वाधिक धनी व्यक्ति हुन् ।  आफ्ना छोरा र परिवारसँगै मिलेर उनले ल्याटिन अमेरिकामा ठूलो मोबाइल कम्पनी सञ्चालन गरेका छन् । 

मार्क जुकेरबर्ग 
अमेरिकी नागरिक जुकेरबर्ग फेसबुकका संस्थापक हुन् । उनको सम्पत्ति ५७ दशमलव १ बिलियन डलर छ । 

लर्री पेज 
अमेरिकी नागरिक लर्री पेज गुगलका सह–संस्थापक हुन् । यी अमेरिकी कम्प्युटर वैज्ञानिक तथा इन्टरनेट व्यापारी अहिले अल्फावेट इन्क (गुगलकै कम्पनी)को सिइओ छन् । उनको सम्पत्ति ५२ दशमलव ९ बिलियन डलर छ । 

लर्री इलिसन
अमेरिकी नागरिक इलिसन ओ-याकल कर्पोरेसनका संस्थापक, कार्यकारी अध्यक्ष र प्रमुख टेक्नोलोजी अफिसर हुन् । उनको सम्पत्ति ५१ दशमलव ९ बिलियन डलर छ । 

सर्गे ब्रिन 
अमेरिकी नागरिक ब्रिनले लर्री पेजसँगै मिलेर १९९८ मा गुगल स्थापना गरेका थिए । यी व्यवसायी तथा कम्प्युटर वैज्ञानिक साढे ५१ बिलियन सम्पत्तिका मालिक हुन् । 

बिल गेट्स 
माइक्रोसफ्टका संस्थापक बिल गेट्ससँग ९३ दशमलव ५ बिलियन सम्पत्ति छ । झन्डै २४ वर्षसम्म उनी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए । सन् २०१७ देखि दोस्रो स्थानमा झरेका हुन् । बेजोसको डिभोर्सपछि उनी फेरि पहिलो स्थानमै उक्लिँदै छन् ।

पैतृक सम्पत्तिले धनाढ्य 
ब्लुम्बर्गका अनुसार संसारका शीर्ष ६ भित्र रहेका धनाढ्य महिला पैतृक सम्पत्तिकै बलमा यहाँसम्म आइपुगेका हुन् । सेयुलरकी नातिनी भएका आधारमा फ्रान्कोइसले ‘एल ओरेल’को सेयर पाइन् र अहिले ४५ दशमलव ६ बिलियन डलर सम्पत्तिसहित धनाढ्य महिलाको सूचीमा पहिलो नम्बरमा छिन् । दोस्रो स्थानमा रहेकी एलिस वाल्टनसँग ४३ दशमलव ६ बिलियन डलर छ ।

उनको सम्पत्तिको स्रोत वाल्मार्ट कम्पनी हो । यो कम्पनी उनका पिता साम वाल्टनले स्थापना गरेका हुन् । ज्याकलिन बड्गर मार्ससँग ३३ दशमलव ३ बिलियन डलर छ । उनको सम्पत्तिको स्रोत ‘मार्स इन्क’ हो । यो कम्पनी उनका हजुरबुबा फ्र्यांकलिन क्लेरेन्स मार्सले स्थापना गरेका हुन् । बिएमडब्ल्यूकी मालिक सुसाने क्लाटनसँग १९ दशमलव ९ मिलियन सम्पत्ति छ । आफ्ना बाबु–आमाको निधनपछि उनी र उनका दाजुबीच यो कम्पनीको सेयर भागबन्डा भएको थियो । 

लरेन्स पाउल जब्स एप्पल कम्पनीकी मालिक हुन् । उनको कुल सम्पत्ति १८ बिलियन डलर छ । आफ्ना पिता स्टिभ जब्सको निधनपछि उनको भागमा सम्पत्ति नामसारी भएको हो । कन्ट्री गार्डेन होल्ङिग्सकी मालिक याङ हुयियानको नाममा १७ दशमलव ४ बिलियन सम्पत्ति छ । उनका बाबु यस कम्पनीका सह–संस्थापक हुन् । ब्लुम्बर्गले तयार गरेको ५ सय धनाढ्यको सूचीमा रहेका ६६ महिलामध्ये ६ जना मात्रै आफ्नै बलमा यहाँसम्म आइपुगेका हुन् । जबकि, यस सूचीमा रहेका पुरुषमध्ये ३ सय १३ जना आफ्नै बलमा यहाँसम्म आइपुगेका छन् ।

(स्रोत : ब्लुम्बर्गडटकम)