मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ

बन्दीपुरमा सिसाको भ्युटावर 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०६:४८:००

पर्यटकीय नगरी बन्दीपुरमा तीन करोड रुपैयाँको लागतमा सिसाको भ्युटावर निर्माण गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले टुँडिखेलमा भ्युटावर निर्माण गर्न लागेको हो । भ्युटावर ५ फिट अग्लो हुने गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । उनले टावर निर्माणले पर्यटकलाई आकर्षित गर्न सकिने बताए । 

एकपटकमा पन्ध्रजनाले अवलोकन गर्न मिल्ने तथा एक ठाउँबाट जाने र अर्को ठाउँबाट निस्कने व्यवस्थासहितको भ्युटावर निर्माण गरिने गाउँपालिकाले जनाएको छ । त्यस्तै, चमेना गृह, कार्यक्रमस्थल तथा व्यवस्थित शौचालय निर्माण गर्नुका साथै फूलको बगैँचासमेत निर्माण हुनेछ । हिमालको मनोरम दृश्य हेर्नका लागि दूरबिनको समेत व्यवस्था गरिनेछ । 

बन्दीपुरमा गत वर्ष मात्रै करिब डेढ लाख पर्यटकले अवलोकन गरेका थिए । पर्यटक भित्रिएपछि होटेल व्यवसायसमेत फस्टाउँदै गएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंस गुरुङले बताए । उनका अनुसार यहाँको रमणीय वातावरण, ढुंगाले छापेको पदमार्ग तथा कलात्मका घरहरू हेर्न पर्यटकहरू आउने गर्दछन् । ‘अब झन् भ्युटावर बनेपछि पर्यटक धेरै भित्रिन्छन्,’ उनले भने ।