मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०८:२४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ब्रेकियल प्लेक्सस इन्जुरी

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०८:२४:००
 डा. लोकराज चौरसिया
ह्यान्ड एन्ड माइक्रो सर्जन
कीर्तिपुर अस्पताल

स्पाइनल कर्ड मस्तिष्कसँग जोडिएको हुन्छ । यसमा स–साना धेरै स्नायु जोडिएका हुन्छन्, जुन सम्पूर्ण शरीर अर्थात् औँलाको टुप्पोसम्म पुगेका हुन्छन् । ब्रेकियल प्लेक्सस यस्ता स्नायुहरूको समूह हो, जसको सहायताबाट दिमागले शरीरका सबै अंग नियन्त्रण गरिरहेको हुन्छ ।

ब्रेकियल प्लेक्सस धेरै किसिमका हुन्छन् । मेडियन स्नायुले हातको चाल र हातको संवेदना व्यक्त गर्छ । अलनार स्नायुले हातको सूक्ष्म नियन्त्रण गर्छ । यस्तै, एक्सिलरी नर्भले काँधको चाललाई नियन्त्रण गर्छ । ब्रेकियल प्लेक्ससअन्तर्गत स–साना धेरै स्नायु रहन्छन्, जसले विभिन्न कार्य गरिरहेका हुन्छन् । अर्थात्, स्पाइनल कर्ड वा यससँग जोडिएर काँध, पाखुरा र हातसम्म फैलिएका स्नायुमा विभिन्न चोटपटकबाट हुने समस्या ब्रेकियल प्लेक्सस इन्जुरी हो ।

कारण
ब्रेकियल प्लेक्सस इन्जुरी विभिन्न कारणले हुने गर्छ । सामान्यतया सवारी दुर्घटनाबाट धेरैजसोमा ब्रेकियल प्लेक्सस इन्जुरी भएको पाइन्छ । खेलाडीमा  खेलको समयमा लडेर वा अर्कासँग ठोक्किएर पनि ब्रेकियल प्लेक्सस इन्जुरी हुने गर्छ ।

नसामा करेन्ट लागेजस्तो महसुस हुने, चोटपटक लागेको ठाउँभन्दा तल कुनै पनि सेन्सेसन थाहा नहुने, नचल्नेजस्ता लक्षण देखिन्छन् ।

बच्चामा प्रायजसो जन्मिँदा स्नायुमा चोटपटक लाग्ने गर्छ । जस्तै– धेरै तौल भएको बच्चामा, पाठेघरमा उल्टो बसेमा वा जन्मिँदा अन्य समस्या देखापरेमा ब्रेकियल प्लेक्सस इन्जुरीको सम्भावना रहन्छ । बच्चाहरूमा प्रायजसो काँध र पाखुरामा समस्या देखिने गरेको पाइन्छ, जसलाई मेडिकल भाषामा एरबाज पाल्सी भनिन्छ । ब्रेकियल प्लेक्सस इन्जुरीको अर्को कारण ट्युमर क्यान्सर हो । ब्रेकियल प्लेक्ससमा कुनै क्यान्सर भएमा बिस्तारै अन्य स्नायुमा फैलिँदै जाने र स्नायुमा समस्या देखिन्छ ।

कसरी थाहा पाउने ?
यसका लक्षण शरीरको प्रभावित अंग र स्नायुका आधारमा फरक–फरक हुने गर्छन् । फुटबल, रेस्लिङ आदि खेलको समयमा लागेको चोटपटकबाट  सामान्य खालका समस्या देखिन्छन् । जस्तै– नसामा करेन्ट लागेजस्तो महसुस हुने, चोटपटक लागेको ठाउँभन्दा तल कुनै पनि सेन्सेसन थाहा नहुने, नचल्नेजस्ता लक्षण देखिन्छन् ।

जटिल खालको चोटपटकबाट स्पाइनल कर्डमै समस्या देखिने, मांसपेशी कमजोर हुने, काँध, पाखुरा र हातमा कुनै किसिमको अनुभुति नहुने हुन्छ । यस्तो अवस्थामा अत्यधिक दुख्ने र अंग प्यारालाइसिस हुने सम्भावना बढेर जान्छ ।

सवारी दुर्घटनामा परेका धेरैजसोमा ब्रेकियल प्लेक्सस इन्जुरी भएको पाइन्छ । खेलाडीमा खेलको समयमा लडेर वा अर्कासँग ठोक्किएर पनि यस्तो इन्जुरी हुने गर्छ । धेरै तौल भएको बच्चा, पाठेघरमा उल्टो बसेमा वा जन्मिँदा अन्य समस्या देखापरेमा ब्रेकियल प्लेक्सस इन्जुरीको सम्भावना रहन्छ ।

उपचार
ब्रेकियल प्लेक्सस इन्जुरी पूर्ण रूपमा निको पार्न सकिँदैन । गम्भीर चोटपटकबाट हुने यो समस्याबाट पूर्ण रूपमा निष्क्रिय भएका अंगलाई केही हदसम्म चलायमान बनाउन सकिन्छ । 

यस्तो समस्या देखिएका केही प्रतिशत बच्चामा प्राकृतिक रूपमै आफैँ निको हुँदै जान्छ । एकदमै कम बच्चामा उनीहरूको स्नायुको वृद्धि र विकाससँगै नर्भ सामान्य अवस्थामा फर्किन सक्छ । बच्चा जन्मेको केही सातादेखि नै उनीहरूको जोर्नी र मांशपेसीको एक्सरसाइज गर्नुपर्छ, जसले मांशपेशी बलियो र स्वस्थ हुन मद्दत गर्छ ।
माइक्रो शल्यक्रियाको माध्यमबाट नर्भ प्रत्यारोपण पनि गर्न सकिन्छ । तर, शल्यक्रियापछि पनि पूर्ण रूपमा काम गर्न सक्दैनन् । शल्यक्रिया गरिसकेपछि स्नायुलाई सामान्य अवस्थामा ल्याउन फिजियोथेरापी गर्ने गरिन्छ ।