मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०६:१२:००
Read Time : < 1 मिनेट
फिचर

इतिहासकै महँगो डिभोर्स

जसले विश्वका धनीको र्‍यांकिङ नै फरक पार्दैछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०६:१२:००

संसारकै धनाढ्य जेफ बेजोसले म्याक केन्जीसँगको २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेपछि संसारभर हलचल मच्चिएको छ । अमाजोनडटकमका सिइओ तथा संस्थापक जेफले बुधबार ट्विटरमार्फत डिभोर्सको निर्णय लिन लागेको सार्वजनिक गरेका थिए । सन् १९९४ बाट अमाजन सुरु गरेका अमेरिकी नागरिक बेजोसको कुल सम्पत्ति १ सय ३७ बिलियन अमेरिकी डलर छ ।

बेजोसपत्नीले लग्दै छिन् साढे ६९ अर्ब डलर
वासिङ्टन राज्यको साझा सम्पत्तिसम्बन्धी कानुनअनुसार डिभोर्सपछि बेजोस दम्पतीको सम्पत्ति दुई भाग लाग्नेछ । म्याकले ६९ दशमलव ५ बिलियन (६९ अर्ब ५ करोड) डलर पाउनेछिन्, जुन बेलायती महारानीसँग रहेको सम्पत्तिभन्दा सय गुनाले बढी हो । यससँगै उनी संसारका धनाढ्यहरूको सूचीमा चौथो स्थानमा पुग्नेछिन् । धनी महिलाको सूचीमा पहिलो स्थानमा आउनेछिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमवर्गका अनुसार वर्ष २०१८ मा धनाढ्य महिलाको सूचीमा पहिलो स्थानमा रहेकी फ्रान्कोइस बिट्टिनकोर्ट मेयर्ससँग ४५ दशमलव ६ बिलियन सम्पत्ति छ । उनी कस्मेटिक आइटम उत्पादन गर्ने विश्वचर्चित कम्पनी ‘एल ओरिल’की मालिक हुन् । यस कम्पनीकी संस्थापक पाउल लुइस सेयुलेरकी नातिनी भएकाले वंशजका आधारमा कम्पनी उनको स्वामित्वमा आएको हो । सम्पत्ति भागबन्डाको असर बेजोसलाई भने महँगो पर्नेछ । उनी संसारका धनाढ्यहरूको सूचीमा पहिलो स्थानबाट झरेर चौथो स्थानमा खुम्चन सक्नेछन् । यद्यपि, उनीहरूको सम्पत्तिको भागवण्डा औपचारिक रुपमा भइसकेको छैन ।

महँगो डिभोर्स 
बेजोस दम्पतीको डिभोर्स संसारकै महँगो डिभोर्स हुनेछ । यसअघि अमेरिकी रियल स्टेट व्यापारी स्टिभ वाइनले आफ्नी पत्नी इलाइने वाइनसँग सन् २०१० मा डिभोर्स गर्दा १ बिलियन सम्पत्ति दिनुपरेको थियो । तेल व्यापारी हारोल्ड हमले सन् २०१५ मा डिभोर्स गर्दा ९ सय ७४ दशमलव ८ मिलियन डलरको चेक साइन गर्नुपरेको थियो ।