Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०७:३९:००
Read Time : < 1 मिनेट
विश्व

श्रीलंकाली प्रधानमन्त्री विक्रमासिंघेद्वारा राजीनामा 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०७:३९:००

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले  राजीनामा दिएका छन् । गोताबाय राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री विक्रमासिंघेले बुधबार राजीनामा दिएका हुन् ।

नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकूलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन विक्रमासिंघेले राजीनामा दिएको  श्रीलंकाको दैनिक पत्रिका डेली मिररले जनाएको छ ।
राजीनामा दिनेबारे विक्रमासिंघेले मंगलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए ।

भेटवार्ताका क्रममा विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । स्थानीय समयानुसार बुधबार दिउँसो बसेकोे मन्त्रिपरिषद्को विशेष बैठकपछि उनले पद त्यागेको श्रीलंका दैनिकले जनाएको छ । विक्रमासिंघेले राजीनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ ।

नयाँ मन्त्रीहरू सबै राजापाक्षेको पार्टीबाट हुनेछन् । युनाइडेट नेसनल पार्टी (युडिपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमदासालाई झन्डै १३ लाख मतान्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपतिमा विजयी भएका थिए ।  नयाँ राष्ट्रपति चयनका लागि श्रीलंकामा गत शनिबार मतदान भएको थियो ।