मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०७:३९:००
Read Time : < 1 मिनेट
विश्व

आवे जापानी इतिहासमा लामो समय प्रधानमन्त्री हुने नेता

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०७:३९:००

प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमै सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने नेता बनेका छन् । आवे सन् २००६ देखि सन् २००७ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । तर, आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै उनले राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रोपटक प्रधानमन्त्री बनेका आवे सन् २०१४ र सन् २०१७ मा पुनः निर्वाचित भएका थिए । लामो समय जापानी प्रधानमन्त्री बनेको सन्दर्भमा आवेले आफ्नो कार्यकालमा जापानी मुद्रास्फीतिलाई अन्त्य गरेको,  समस्याका रूपमा देखिएको जापानको बढ्दो वृद्ध जनसंख्या र घट्दो जन्मदरमा सन्तुलन ल्याएको र संविधान संशोधनलगायत विषयमा नीतिगत सुधारका प्रयास गरेको बताए ।

उनले भने, ‘लिबरल डिमोक्रेटिक पार्टी’को अध्यक्षका रूपमा अझै मेरा लागि दुई वर्ष बाँकी रहेकाले यो अवधिमा नीतिगत आधारमा काम गरी मेरो काँधमा आएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

नेतृत्व सम्हाल्दाका आफ्नो अनुभव सुनाउँदै ६५ वर्षीय आवेले भने, ‘मैले सुरुमा प्रधानमन्त्रीको नेतृत्व सम्हाल्दा चिसो हिउँमा टेकेजस्तो असहज महसुस गरेको थिएँ ।’  दोस्रो विश्वयुद्धपछि सम्बोधन हुन नसकेका कूटनीतिक चुनौतीलाई साम्य पार्न चाहेको उनले बताए ।