मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार २०:४२:००
Read Time : < 1 मिनेट
समाचार

नेवारी भाषा जोगाउन साहित्यिक महाेत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार २०:४२:००

आगामी मंसिर ६ र ७ गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल भाषा महोत्सव हुने भएकाे छ । ‘नेपालभाषा टाइम्स’ दैनिक पत्रिकाको आयोजना महाेत्सव हुने भएकाे हाे । यो महोत्सव तेस्राे पटक हुन लागेकाे आयाेजकले जनाएकाे छ ।

महोत्सवमा नेपाल भाषामा रचना गरिएका पुस्तकहरू विमोचन हुने छ । यसका साथै रञ्जना लिपी (नेपाली भाषाकाे लिपी) पुरुत्थान विषयमा अन्तिक्रिया, साहित्यिक रचना, संगीत तथा हास्यव्यंग्यपूर्ण प्रहशन, नेपाल भाषाका चलचित्रबारे छलफलकाे कार्यक्रम रहेकाे छ ।

महोत्सवमा ३५ जना साहित्यकारले कविता, कथा वाचन हुने छ भने कार्यक्रम स्व. पद्मरत्न तुलाधर लिखित प्रहसनका साथै रामकृष्ण खड्गी, विजय मानन्धर लिखित प्रहसन मञ्चन गरिनेछ । यसका साथै विभिन्न कार्यक्रम राखिएकाे छ ।