मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार १४:५२:००
Read Time : < 1 मिनेट
विश्व

श्रीलङ्काका प्रधानमन्त्रीको राजिनामा दिने तयारी

Read Time : < 1 मिनेट
रासस/एएनआई काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार १४:५२:००

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार राजिनामा दिने तयारी गरेका छन् । 

राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गरेका हुन् । 
 
नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन उनले राजिनामा दिन लागेको श्रीलङ्काको दैनिक पत्रिका डेलि मिररले जनाएको छ । 
   
राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारमा जनाइएको छ । 

स्थानीय समयानुसार बुधबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को विषेश बैठकपछि उनले पद त्यागको घोषणा गर्ने श्रीलङ्का दैनिकले लेखेको छ ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ । 

स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् । 

नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो । 

आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गरेका थिए । राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति हुन् ।