मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ४ बुधबार १३:३६:००
Read Time : < 1 मिनेट
समाचार

जलेश्वरका फुटपाथ अतिक्रमण हटाइँदै

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १३:३६:००

सडक तथा फुटपाथमा गरिएको अतिक्रमण जलेश्वर नगरपालिकाले हटाउन सुरु गरेको छ । ट्राफिक व्यवस्थापन र सडक अतिक्रमण हटाउन नगरपालिकाको पहलमा सर्वपक्षीय निर्णय भएपछि अतिक्रमण हटाउन सुरु गरेको हो ।

जलेश्वरको बजार क्षेत्रमा सुरु भएको अतिक्रमण हटाउने कार्य नगरभरि बिस्तार गरिने र अतिक्रमण मुक्त सँगसँगै ट्राफिक व्यवस्थापनको कार्य समेत भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनले जलेश्वरमा दैनिक ट्राफिक जामको समस्या तथा छाडा चौपायाले नगरवासी तथा यात्रुहरुलाई दुःख दिइरहेको बेला जलेश्वर नगरपालिकासँगको सहकार्यमा सवै व्यवस्थित गर्ने प्रयास सुरु गरिएको बताए । 

जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले फुटपाथ अतिक्रमण हुँदा पैदल यात्रीले निक्कै सास्ती भोग्नु परेकोले फुटपाथ अतिक्रमण हटाउन सुरु गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले नगरभित्रका सार्वजनिक सरोकारका कार्यालय अगाडि रहेका विभिन्न अतिक्रमण समेत हटाउने बताए । उनले जिल्ला प्रसासन कार्यालयकै अगाडि समेत लेखापढी व्यवसायीहरुले सडकमै अतिक्रमण गरेर कुसी टेवल राखी व्यवसाय गर्दै आएकोमा उनीहरुलाई समेत हटाउने बताए ।