मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ पौष २७ शुक्रबार २०:४८:००
Read Time : < 1 मिनेट
विश्व

समाचार लेखेकाे भन्दै रामरहिमले पत्रकारको हत्या गरेको ठहर

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २७ शुक्रबार २०:४८:००

भारतका जेल जीवन बिताइरहेका विवादास्पद धर्मगुरु रामरहिमले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ । अाफूले गरेकाे यौनहिंसाका बारेमा समाचार लेखिदिएको भन्दै गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको सीबीआईकाे अदालतले शुक्रबार ठहर गरेको हो । उनकाे सजाय १७ जनवरीमा सुनाइने भनिएकाे छ । 

संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि २० बर्षको जेल सजाय सुनाइसकेको छ । अदालतकाे फैसला अनुसार पत्रकारको हत्यामा रामरहिनसँगै अरु तीन जनाकाे संलग्नताकाे रहेको ठहर गरिएको छ । उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो । 

सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो । सिंहलाई आजिबन काराबासको सजाय हुन सक्ने बताइएको छ ।