मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ४ बुधबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार

इन्द्रसरोवर जलाशयमा एक शव फेला

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १२:३०:००

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका १ मा रहेको इन्द्रसरोबर जलाशयमा एक पुरुषको शव फेला परेको छ ।

मार्खुस्थित जलाशयमा सानोमार्खुका ३५ वर्षीय अम्बरबहादुर घिसिङको शव भेटिएको हो । बुधबार बिहान जलाशयमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङको टोली पुगेको छ । शवलाई पोष्टमार्टमका लागि स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको छ । 

जलाशय छेउमा हिड्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।