Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा. गाेविन्द केसी अनशनको विरुद्धमा विजय थापाले निकालेको र्‍याली
ख्याम भुजेल
२०७५ पौष २७ शुक्रबार २०:२९:००
Read Time : > 1 मिनेट
समाचार

चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्न माग गर्दै इलाममा अर्को अनशन

Read Time : > 1 मिनेट
ख्याम भुजेल
२०७५ पौष २७ शुक्रबार २०:२९:००

संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पारित गर्नुपर्ने माग राख्दै इलाममा अनशन सुरु गरेका छन् । खोटाङ निवासी हाल काठमाडौँ बस्ने विजय थापाले शुक्रबारदेखि अनशन सुरु गरेका हुन् । शुक्रबार साँझ पाँच बजेदेखि उनले इलाम बजारको मुख्य चोकमा रहेको लाकुरी चौतारोमा अनशन सुरु गरेका हुन् । 

तीन दिनदेखि अनशनरत डा. गाेविन्द केसीको समर्थमा बिहीबारदेखि नै सदरमुकाममा र्‍याली गर्न थालिएको छ । शुक्रबार दिउँसो केसीको समर्थनमा स्थानीय महिलाहरुले र्‍याली पनि निकाले । त्यसलगत्तै थापा समर्थकले र्‍याली निकालेका थिए । तर, उनको र्‍यालीमा भने स्थानीय सहभागी थिएनन् । डा. केसीको समर्थन र विरोधमा र्‍याली निस्किन थालेपछि बजारमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको ६ । र्‍यालीपछि बोल्दै थापाले आफू केसीकाविरुद्व अनशन नबसेको दाबी गरे । 

तर, थापाका मागले डा. केसीले उठाएका मागलाई ‘काउन्टर’ गर्ने भएकाले केसीको अनशनविरुद्ध थापाले अनशन सुरु गरेको पुष्टि हुन्छ । थापाले चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेसहित एमडी, पिजीलगायतका कक्षाका कोटा १ हजार ५ सय पुर्‍याउन माग गरेका छन् । 

काठमाडौँ उपत्यका बाहिर मेडिकल कलेज खुल्ने वातावरण बनाउनुपर्ने, सरकारी तलब लिएर राजनीति गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्नुपर्ने, त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामा परेर मृत्यु भएका डाक्डरका पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, बंगलादेशमा कालो सूचिमा रहेका कलेजहरुबाट नेपालबाट गएर अध्ययन गरिरहेका डाक्डरहरु ठगिएकाले उनीहरुको व्यवस्थापनको पहल गर्नुपर्ने, वैदेशिक रोजगारीबाट फर्किएकालाई नेपालमै आत्मनिर्भर बनाउनुपर्ने माग राखेका छन् । 

उनले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने बुँदा पनि मागको रुपमा राखेका छन् । थापाले प्रकाशन गरेको विज्ञप्तीमा उनी गाँस बास र कपास सहित निःशुल्क स्वास्थ्य शिक्षा व्यवस्था हुनुपर्ने र रोजगारीको प्रवन्ध गर्नुपर्ने माग सहित गत ०७४ वैखामा काठमाडौँको खुला मञ्चमा ५३ दिन अनशन बसेको उल्लेख छ । 

यता, १६औँ पटक अनशनमा रहेका केसीले भने यसअघिका सम्झौता तोडिएको भन्दै चिकित्सा शिक्षा विधेयकलाई संशोधन गर्नुपर्ने माग राखेका छन् । उनले माफियालाई फाइदा पुग्नेगरी विधेयक ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।