मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
लक्ष्मी काफ्ले
२०७५ पौष २७ शुक्रबार २०:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले
२०७५ पौष २७ शुक्रबार २०:२९:००

झापामा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार पूर्वपश्चिम राजमार्गस्थित कमल गाउँपालिका,४ ज्योतीचौकमा भएको दुर्घटनामा पाँचथर लोलीमा बस्ने ५० वर्षीय भीमबहादुर बुढाथोकीको मृत्यु भएको हो । उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको मे १ ज १६८१ नम्बरको कार एकआपसमा ठोक्किँदा कार चालक इलाम फाकफोकथुम गाउँपालिका,१ का २३ वर्षीय अमृत खड्गा र सोही कारमा सवार बुढाथोकी घाइते भएका थिए । 

घाइते दुवैलाई दमकस्थित लाइफलाइन अस्पतालबाट थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । न्यूरोमा उपचारका क्रममा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले कार, बस र चालक मोरङ उर्लाबारी,८ का बलबहादुर विकलाई नियन्त्रणमा लिएको छ ।