मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नारायण रिजाल
२०७५ पौष २७ शुक्रबार २०:२९:००
Read Time : < 1 मिनेट
समाचार

मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन बागलुङमा

Read Time : < 1 मिनेट
नारायण रिजाल
२०७५ पौष २७ शुक्रबार २०:२९:००

नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन बागलुङमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै संंघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले संघ कुनै जातिविरुद्ध स्थापना नभएको बताए । 

कार्यक्रममा अध्यक्ष मगरले उत्पीडित समुदायको अधिकारका लागि लड्न मगर संध स्थापना गरेको  बताए । उनले भने, ‘मगर संघ मुलधारमा नसमेटिएका सबै वर्ग र जातिको मुद्दाका लागि लड्छौं ।’

संघका पूर्व अध्यक्ष एवं संरक्षक झकबहादुर थापाले नाम मात्र संघीयताले मगर तथा आदिवासी जनजातिलाई पीडित बनाएको बताए । उनले भने, ‘प्रदेशको नामाकरणमा ऐतिहासिक पृष्ठभूमि जोडेर तमुवान मगरात भनेका थियौँ, हाम्रो कुरा नसुनिए निरन्तर संघर्षमा छौँ ।’

अधिवेशनमा १० जिल्ला, ७४ स्थानीय तहबाट करिब तीन सय प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने बागलुङका अध्यक्ष गणेश थापाले जानकारी दिए ।