१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ललितपुर
२०७६ मङ्सिर ४ बुधबार ०८:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग

संगीतले राष्ट्रियताको जगेर्ना गर्छ : जोशी

Read Time : < 1 मिनेट
ललितपुर
२०७६ मङ्सिर ४ बुधबार ०८:५३:००

शताब्दीपुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रियताको जगेर्नामा संगीतको ठूलो महत्व हुने बताएका छन् । राष्ट्रिय बौद्धिक केन्द्र, ललितपुरले मंगलबार आयोजना गरेको ‘राष्ट्रियताका लागि संगीतको उपादेयता’ विषयक अन्तर्किया कार्यक्रममा जोशीले भने, ‘संगीतको माध्यमबाट राष्ट्रियताको जगेर्ना गर्न सकिन्छ, त्यसका लागि सरकारी तहबाट पनि पर्याप्त स्थान दिनु आवश्यक छ ।’

संगीतविनाको शिक्षा अपूर्ण हुने भन्दै उनले संगीतलाई हाम्रो शिक्षा प्रणालीमा समेटेर लैजानुपर्नेमा जोड दिए । ‘विभिन्न जातजाति, भाषाभाषीका रीतिरिवाज, कलासंस्कृति, धर्मकर्मलाई समेटेर राष्ट्रियताको भावना निर्माण गर्न संगीतको महत्वपूर्ण भूमिका हुन्छ,’ जोशीले भने । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सरकारले संगीतलाई महत्व दिन नसकेको बताए । कांग्रेस ललितपुरका सभापति तथा पूर्वसांसद मदनबहादुर अमात्यले संगीतले हरेक मान्छेलाई आकर्षित गर्ने बताए ।  कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव प्राध्यापक केदारनाथ शर्माले मानिसको आधारभूत आवश्यकतामा संगीत पनि पर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २४ का अध्यक्ष दिनेश कार्की, राष्ट्रिय लोकतान्त्रिक बुद्धिजीवी संघका अध्यक्ष उदयचन्द्र मिश्र, साहित्यकार गोपाल अस्कर, राष्ट्रिय बौद्धिक केन्द्र्र ललितपुरका अध्यक्ष पवनलाल श्रीवास्तवलगायतको उपस्थिति थियो ।