१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
द्वन्द्वनिर्देशक
२०७६ मङ्सिर ४ बुधबार ०८:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दैनिक ४५ मिनेट व्यायाम गर्छु : राजकुमार उप्रेती

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०८:१७:००

मेरो फिटनेस 
म कराँतेको पूर्वखेलाडी हुँ । स्कुल लेभलदेखि नै यस खेलमा लागेँ । केही समय यस खेलको प्रशिक्षकका रूपमा पनि सक्रिय भएँ । सन् २००२ पछि म बडी बिल्डिङमा लागेँ । २००७ मा बडीबिल्डिङ च्याम्पियनसिप मिस्टर नेपालमा सहभागी भएर दोस्रो पनि भएँ । मिस्टर धर्मश्रीमा पनि प्रतिस्पर्धा गरेँ । 

त्यसपछि फिल्मीयात्रा सुरु भएको हो । अहिले फिल्मको फाइट डाइरेक्टर छु । पहिला भोजपुरी, बंगाली फिल्ममा काम गरेँ । लुट, मिसन पैसा, हँसिया, फस्र्ट लभलगायत झन्डै दुई दर्जन नेपाली फिल्ममा द्वन्द्व निर्देशकको काम गरिसकेको छु । मार्सल आर्टस्को खेलाडी र कोच पनि भएकोले फाइट गर्न मलाई खासै गाह्रो लाग्दैन । एउटा मुभीको एक्सन अर्कोमा दोहा-याउने पनि गर्दिन । 

फिटनेसमा सम्झौता गर्दिनँ । बिहान ५ बजे उठ्छु । दिनभरमा चार लिटरभन्दा बढी पानी पिउँछु । गठ्ठाघरको क्लबमा जान्छु । त्यहाँ बडी बिल्डिङ सिकाउँछु । फिटनेसका लागि आउनेलाई म कुन मसल्सको एक्ससाइज कसरी गर्ने भनेर सिकाउँछु । उनीहरूलाई सिकाएर मात्र पुग्दैन, ४५ मिनेट आफू पनि एक्ससाइज गर्छु । बिहान ९ बजेसम्म क्लबमै हुन्छु । बडी बिल्डिङ गर्नेले खासै वाकिङ र जगिङ गर्नुपर्दैन । 

धेरैजसो प्रोटिनयुक्त खानेकुरा नै खान्छु । चना, अन्डा, फलफूल नियमित खान्छु । माछामासु खान्न । सामान्य खाना नै खान्छु । दिउँसो सकेसम्म चिल्लो कम खान्छु । मैदाको आइटम खान्न । बेलुका पनि मेरो खाना सामान्य नै हुन्छ । मलाई सकेसम्म सात घन्टा निदाउनुपर्छ । सकारात्मक सोच्छु र काममा एकोहोरो भएर लागिरहन्छु ।