मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार २०:१४:००
Read Time : < 1 मिनेट
प्रदेश

समयमै उद्धार नहुँदा प्रहरी हवल्दारको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार २०:१४:००

सुर्खेतको भेरी नगरपालिका, ४ छिन्चु घर भइ जाजरकाेटकाे नलगाड नगरपालिका,८ मैदेस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ ।  घाइते खड्काको समयमै उद्धार गरी अस्पतालमा उपचार गरिएकाे भए ज्यान बचाउन सकिने स्वास्थ्यकर्मीकाे भनाइ छ । 

तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका ८, गङ्थलेपाखाको भिरबाट खसेका थिए । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा ल्याउनका लागि गाडी नहुँदा स्टेचरमा ल्याइएकाे थियाे ।  

बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार गर्दागर्दै शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।