मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार ०७:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

मिश्रलाई मार्भलस मीको टाइटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार ०७:४७:००

मार्भलस मी सिजन–१ को उपाधि प्रकाश मिश्रले प्राप्त गरेका छन् । काठमाडौं महालक्ष्मीस्थानस्थित रिभाइभ होटेलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

नेपालभरबाट सहभागी ५२ जनामध्येबाट शीर्ष १० मा परेका प्रतिभाहरूले फेसन स्टाइलिस सोनिया गुरुङद्वारा तीन महिना तालिम लिएर फाइनलमा सहभागी भएका थिए । प्रतिभा प्रस्तुति, प्रश्नोत्तर राउन्डलगायत क्रियाकलापबाट विजेता छानिएको थियो ।

प्रतियोगिताको रनरअप सुगन्धा केसी भइन् । मोस्ट स्टाइलिस जेम्स महर्जन र पब्लिक च्वाइस अवार्ड लक्ष्मी श्रेष्ठले पाए । यस्तै, मोस्ट ट्यालेन्टेड किशोर कायस्थ, बेस्ट वाक विजय थापा र बेस्ट पर्सनालिटी अर्जुन सिंह घोषित भए ।

कार्यक्रम भोग लस्ट इन्टरटेनमेन्टले आयोजना गरेको हो । फिल्म निर्देशक, -यापर तथा समाजसेवी सुरेन्द्र गुरुङ, सञ्चारकर्मी सुमनकुमार सिग्देल, मिस्टर वल्र्ड २०१९ का विजेता अक्षयजंग रायमाझी प्रतियोगिताको निर्णायक थिए ।