Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार २०:१४:००
समाचार

समयमै उद्धार नहुँदा प्रहरी हवल्दारको मृत्यु

नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार २०:१४:००

सुर्खेतको भेरी नगरपालिका, ४ छिन्चु घर भइ जाजरकाेटकाे नलगाड नगरपालिका,८ मैदेस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ । घाइते खड्काको समयमै उद्धार गरी उपचार गरिएकाे भए ज्यान बचाउन सकिने स्वास्थ्यकर्मीकाे भनाइ छ । 

तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका ८, गङ्थलेपाखाको भिरबाट खसेका थिए । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा ल्याउनका लागि गाडी नहुँदा स्टेचरमा ल्याइएकाे थियाे ।  

बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार गर्दागर्दै शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।