मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका डाेल्पा
२०७६ मङ्सिर ३ मंगलबार १७:०६:००
Read Time : < 1 मिनेट
समाचार

उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका डाेल्पा
२०७६ मङ्सिर ३ मंगलबार १७:०६:००

उपल्लो डोल्पाका विद्यालयहरु ६ महिनापछि खुल्ने गरी बन्द भएकाे छ । कात्तिक महिनादेखि हिमपात र चिसाे बढ्दै गएकाले पठनपाठन सञ्चालन गर्न नसकिने भएपछि विद्यालयहरू बन्द भएकाे हाे ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा रहेकाे २३ वटा विद्यालय ६ महिनाका लागि बन्द भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले जानकारी दिए । गाउँ शिक्षा समितिको औपचारिक निर्णय भएपछि विद्यालयहरू बन्द गरिएको पेमा छिरिङ गुरुङ्गले बताए । गर्मी महिना सुरु भएपछि मात्रै विद्यालय खुल्ने उनले जानकारी दिए ।

चिसोले बढेसँगै बस्न नसक्ने भएपछि उपल्लो डोल्पाका अधिकांश स्थानीयबासीहरू पशु चौपायसहित बेसी झर्न थालेका छन् ।