मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ३ मंगलबार १५:११:००
Read Time : < 1 मिनेट
समाचार

ईन्द्रावती नदीमा युवकको शव फेला

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १५:११:००

काभ्रेको मण्डनदेउपुर नगरपालिका ६ ईन्द्रावती नदीमा मंगलबार बिहान एक युवकको शव फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार ईन्द्रावती नदीले बगाएर ल्याएको अवस्थामा मण्डनदेउपुर नगरपालिका ६ ईन्द्रावती नदीमा शव फेला पारेको हो । प्रहरीका अनुसार सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ५ का गंगोरटोलका २८ वर्षीय लाक्पा तामाङको शव भेटिएको हो । 

सिन्धुपाल्चोकस्थित मध्यपहाडी लोकमार्गमा ज्यामी काम गर्दै आइरहेकोमा सोमबार आफुखुसी हिँडेको र मंगलबा बिहान उनको शव घोप्टो अवस्थामा फेला परेको गिरीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।