मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ३ मंगलबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार

किसान अलैंची ‘ग्रेडिङ’ गर्न व्यस्त

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १२:२९:००

लमजुङका किसान यतिबेला अलैंचीको ग्रेडिङ (गुणस्तर निर्धारण) गर्न व्यस्त छन् । बिक्री गर्नुअघि किसानले अलैंचीको गुणस्तर कायम गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय बजारले गुणस्तरीय अलैंची खोजेको र बिक्री पनि छिट्टै हुने भएपछि किसानले यसको गुणस्तरमा ध्यान दिन थालेका अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए । 

उनका अनुसार किसान र व्यवसायीले अलैंचीलाई ३ किसिमबाट गुणस्तर छनोट गरी बिक्री गर्ने गरेका छन् । सबैभन्दा उच्चस्तरको अलैँची ‘जम्बो जेट’ (जेजे), मध्यम खालको (एसडी) र चलनचल्ती गरी तीन तहमा अलैँचीको गुणस्तर कायम गरिएको अध्यक्ष तामाङले बताए । भारतमा अलैंची उत्पादनमा अत्याधिक वृद्धि र न्युन गुणस्तरको अलैंची मिसावट रहेकाले तीन वर्षयता अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएको अध्यक्ष तामाङ बताउँछन् ।

लमजुङमा अलैंचीको मूल्य प्रतिकिलो जम्बो जेटको ६ सय ७५ रुपैयाँ, मिडियम साइजको ६ सय २५ रुपैयाँ र चलनचल्तीको ६ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए । उनका अनुसार ग्रामीण भेगका कृषकले करिब ७७ प्रतिशत अलैंची बिक्री गरिसकेका छन् । 

मस्र्याङ्दी ७, छिनखोलाका किसान विर्खाबहादुर तामाङले अलैंचीलाई ग्रेडिङ गर्न किसानलाई भ्याइनभ्याइ भएको बताए । लमजुङको अलैंची देशभरिमै सबैभन्दा राम्रोमा गनिने उनले बताए । गत वर्ष जिल्लाभर ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएकोमा यस वर्ष भने उत्पादन वृिद्ध हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोनका प्रमुख इश्वरीप्रसाद न्यौपाने बताउँछन् ।

उनका अनुसार लमजुङमा १ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ ।