मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका दाेलखा
२०७६ मङ्सिर ३ मंगलबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दोलखामा जिप दुर्घटना, दुईको मृत्यु, ११ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका दाेलखा
२०७६ मङ्सिर ३ मंगलबार ११:१३:००

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ झोरमनगाँउबाट रामेछापको दोरम्बाको दहपताल जाँदै गरेको बोलेरो जिप दोरम्बाको डढुवामा दुर्घटना भएकाे छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा झोरमनगाँउका भीमबहादु श्रेष्ठको अन्दाजि ११ वर्षीया छोरी दिलकुमारी श्रेष्ठ र गणेश श्रेष्ठको छोरी अन्दाजी ७ वर्षीया सुवानी श्रेष्ठ रहेको घटनाका प्रत्यक्षदर्शी स्थानीय दिपेश श्रेष्ठले  जानकारी दिए ।

दुर्घटनामा चालक मनोज पाण्डे सहित ११ जना घाईते भएका र उनीहरूको काठमाण्डौँमा उपचार भइरहेको श्रेष्ठले बताए घाइते हुनेहरुमा  झोरमनगाँउका करिब २४ वर्षीया लालमाया श्रेष्ठ, २३ वर्षीय मानकुमार श्रेष्ठ, ८वर्षीय यूनिया श्रेष्ठ, ५० वर्षीय केन्द्रबहादुर श्रेष्ठ, १३ वर्षीय बिनबहादुर श्रेष्ठ, २६ वर्षीयलक्ष्मी श्रेष्ठ, १० वर्षीय इच्छा श्रेष्ठ, ६ वर्षीय सुक्रिया श्रेष्ठ, ८ वर्षीयसुमिर श्रेष्ठ र विमला श्रेष्ठ रहेका छन् ।

डढुवामा नेवार समुदायको क्षवर कार्यक्रमको लागि हिडेका नातेदारहरू चढेको बा १३ च ७०९५ नम्बरको बलेरो सोमबार साँझ कच्चीबाटोबाट डढुवाको खोचमा झण्डै तीनसय मीटर तल खसेको थियो ।