मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:४९:००
Read Time : < 1 मिनेट
अर्थ

टाटा नेक्सनले पायो फाइभ स्टार रेटिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:४९:००

टाटा मोटर्सको सब–कम्प्याक्ट क्रसओभर एसयुभी नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै फाइभ स्टार रेटिङ पाएको छ । नेक्सनले अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षासम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । 

ग्लोबल एनक्यापले नेक्सनको स्ट्रक्चर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो । कारको दुवै फ्रन्टर साइड इम्प्याक्टको पनि परीक्षण गरिएको थियो ।

 यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान‍ पु¥याइएको छ । यसमा रहेका डुअल फ्रन्टल एयरब्याग र प्रिटेन्सरसहितको सिटबेल्ट तथा लोड लिमिटरजस्ता विशेषताले चालक तथा यात्रुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ ।