Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १९:०६:००
मुख्य समाचार

भरतमोहनको स्वास्थ्यमा सुधार, आइसियुबाट निकालियो 

नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १९:०६:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ । गत सोमबार अचानक छातीमा समस्या (इन्फेक्सन) देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार नर्मल बेडमा सारिएकाे छ ।

‘स्वास्थ्यमा धेरै समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो, परीक्षणका क्रममा छातीमा समस्या देखिएकाले चिकित्सकको सुझावअनुसार चार दिन आइसीयूमा उपचार भयो’, अधिकारीका स्वकीय सचिव महेश बिष्टले भने, ‘क्रमश: सुधार भएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।’

लामो समयदेखि दम र प्रेसरका साथै पिसाबमा समस्या देखिएका अधिकारी ललितपुरस्थित निवासमै आराम गर्दै आएका थिए । अहिले चिकित्सक राजेन्द्रप्रसाद रिजाल नेतृत्वको टोलीले उपचार गरिरहेको छ । स्वास्थ्यमा क्रमश: सुधार देखिएकाले एक/दुई दिनभित्रै डिर्स्चाजको सम्भावना रहेको स्वकीय सचिव बिष्टले बताए ।