रियल स्कुल अफ नेपाल २०१९ : काठमाडौंपूर्वबाट फाइनलमा छानियो टाइम लाइन स्कुल
‘रियल स्कुल अफ नेपाल २०१९’ अन्तर्गतको दोस्रो क्षेत्रीय फाइनल काठमाडौंपूर्वमा सम्पन्न भएको छ । आइतबार सम्पन्न प्रतियोगिताबाट जोरपाटीस्थित टाइम लाइन स्कुल विजयी भई राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ । विद्यालयका प्रेनिशा सन्जेल, समीक्षा राई, हबेजराज तामाङ, आयुषा राई, अनिस पटेल र सुमित थिङले राष्ट्रिय फाइनलमा अन्य क्षेत्रीय फाइनलका विजयीसँग प्रतिस्पर्धा गर्ने डाबर नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीलाई सिनियर र जुनियर समूहमा विभाजित गरी विभिन्न प्रतियोगिता गराइएको थियो, जसमध्ये सिनियर समूहतर्फ एक्सटेम्पोरमा महेन्द्र भवन माविका बिनिश लमिछाने, डान्समा, पाणिनी स्कुलका मिलन धमेल तथा फुटबल जगलिङमा अरुणिमा सेकेन्डरी स्कुलका पासाङ शेर्पा विजयी बने ।
त्यस्तै, जुनियर समूहतर्फ पेन्टिङमा, सैनिक आवासीय महविद्यालयका रसिक भण्डारी, (थ्री) ३ मिनेट अफ फेममा टाइम लाइन स्कुलकी आयुषा राई तथा स्कोर दी रियल गोलमा रिलायन्स इन्टरनेसनल एकेडेमीका अर्जुन पौडेल भएको डाबर नेपालले जानकारी दिएको छ । प्रतियोगिताको तेस्रो क्षेत्रीय फाइनल आगामी बुधबार काठमाडौं पश्चिममा हुनेछ ।