मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर ३ मंगलबार ०७:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग

अनि कपाल खौरिएँ : सुरक्षा पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर ३ मंगलबार ०७:४४:००

सिने संवाद

हरर फिल्म ‘घर’मा अभिनयलगत्तै फिल्म ‘आमा’को सुटिङका लागि तयार भएँ । दुवै फिल्म बिल्कुल फरक थिए, तर समयको ग्याप त्यति थिएन । निर्देशक दीपेन्द्र के खनालले भन्नुभएको थियो, ‘कुनै समय कपाल काट्नुपर्ने भयो भने तिमी के गछ्र्यौ ?’ फिल्म ‘आमा’मा अभिनयका लागि कपाल काट्नुपर्ने थियो । त्यसका लागि म मानसिक रूपमा तयार भएकी थिएँ ।

‘घर’को काम सकिएपछि हामी वर्कसपमा गयौँ, जसका कारण ‘आमा’मा काम गर्न सहज भयो । ‘घर’जस्तो हरर फिल्ममा काम गरेकी मैले आफूलाई स्नेही, मातृवात्सल्ययुक्त र ममतामयी आमाको भूमिकामा रूपान्तरण गर्न सहज थिएन । सुटिङमा गएपछि रिटेक गर्नुपर्ने स्थिति खासै भएन । हामीले एकदमै संवेदनशील ठाउँमा सुटिङ गरेका थियौँ । हामीलाई सुरुमै भनिएको थियो, ‘जति पनि तयारी गर्नु छ, अगाडि नै गर्नु ।’

सोही कारण मानसिक र शारीरिक दुवै हिसाबबाट ‘अलर्ट’ र ‘रेडी’ अवस्थामा रहनुपथ्र्यो । म संवेदनशील छु, स–साना कुरामा पनि आँसु आइहाल्छ, मन दुखिहाल्छ । बाहिर कतै दुःख देख्दा पनि आफूलाई नियन्त्रण गर्न सक्दिनँ । एकदम चाँडो इमोसनल भइहाल्छु ।

अहिले त त्यो पलबाट मुक्त भइसकेकी छु । हामी कलाकारले कुनै पलमा बाँच्ने हो, तर निश्चित समयपछि त्यो पलबाट बाहिर निस्कनैपर्छ । अन्य नयाँ प्रोजेक्ट र पात्रलाई ग्रहण गर्न पनि त्यो पलबाट निस्कनैपर्छ ।