मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १८:२८:००
Read Time : > 1 मिनेट
विश्व

विश्वकाे सबैभन्दा धनी देश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १८:२८:००

विश्वमा सबैभन्दा धनी देश कुन होला ? तपाईसँग यस प्रश्नको सिधा उत्तर हुन्छ, जुन देशसँग धेरै पैसा छ । त्यो देश नै सबैभन्दा धनी देश हो । तर, यस प्रश्नको उत्तर दिन त्यति सजिलो छैन ।

यसरी सबैभन्दा धनी देशको मूल्याङ्कन गर्दा एउटा बाटो अपनाउने गरिन्छ । त्यो हो त्यस देशको जिडिपी कति छ ? जिडिपी भनेको त्यस देशको घरेलु उत्पादन भन्ने हुन्छ । जसमा कुनै देशले एक वर्षमा कति सामान वा सेवा उत्पादन गर्‍यो भन्ने हुन्छ । आकारका रुपमा हेर्दा विश्व बैंकले अमेरिका वा चीन धेरै अर्थव्यवस्था भएको देश मानिन्छ ।

Photo : Getty Images 

तर, देशमा उत्पादन भएको सामान वा सेवा (जिडिपी)लाई सोही देशको जनसंख्याले भाग गर्दा आउने हिसाबका आधारमा धनी देश मानिन्छ । विश्व बैंकले जारी गरेको जिडिपीका आधारमा सबैभन्दा धनी यी रहेका छन् ।

विश्वको १० धनी देश      प्रतिव्यक्ति आय (हजार डलरमा)
कतार                           ११८.२०७
मकाउ                           ९७.७५१
लक्सजमवर्ग                  ९४.९२०
सिंगापुर                        ८१.४४३
ब्रुनेई                             ७१.७८८
कुवेत                            ६८.८६१
संयुक्त अरब                  ६७.१३३
नर्वे                               ६४.१३९
आयरल्याण्ड                  ६३.३०१
स्विजरल्याण्ड                ५७.४२७

विश्वमा सबै धनी देश मात्रै हुँदैन । धेरै देश अति गरिब पनि रहेका छन् । विश्व बैंकको आँकडाअनुसार विश्वमा सबैभन्दा गरिब देश दक्षिण अफ्रिका रहेको छ । यसपछि हैँटी र होण्डुरस रहेका छन् । एजेन्सीकाे सहयाेगमा