१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाली भूमि मिचेकाे भन्दै नेविसंघले निकाल्याे राँके जुलुस, प्रहरीद्वारा हस्तक्षेप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १९:१८:००

भारतले नेपाली भूमि मिचेकाे भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसकाे आयोजनामा राँके जुलुस निकालिएकाे छ । साेमबार साँझ काठमाडाैंकाे बालाजुमा निकालिएकाे जुलुसलाई प्रहरीले हस्तक्षेप गरेकाे छ ।

नेविसंघकाे प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप गरी २१ जना नेता कार्यकर्ता तथा विद्यार्थीलाई पक्राउ गरेको विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए । भारतले नेपाली भूमि कब्जा गरेकाले सो भूमि तत्काल फिर्ता गर्न माग गर्दै उनीहरूले राँके जुलुस निकालिएकाे थियाे । जुलुस माछापोखरी पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

पक्राउ पर्ने विद्यार्थी नेता तथा विद्यार्थीहरूमा निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँलगायत रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत बालाजुमा राखिएकाे छ ।