मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार ००:००:००
Read Time : < 1 मिनेट
खेलकुद

‘अमेरिकाज गट ट्यालेन्ट’मा सहभागी हुन पार्कर खेलाडी सुनार अमेरिका प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार ००:००:००

नेपालका अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनार अमेरिकी गट ट्यालेन्टमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । पार्कर विधामा विश्व रेकर्ड राखि गिनिज बुकमा तीन पटकसम्म नाम लेखाएका सुनार सोमबार साँझ ७ बजे अमेरिका प्रस्थान गरेका हुन् ।

दिनेश अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिकाज गट ट्यालेन्टका लागि समेत छनोट भएका थिए । अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुन् । ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि.को सहकार्यमा उनले गट ट्यालेन्टमा नेपालको प्रतिनिधित्व गर्दैछन् । साथै दिनेशले अमेरिकाज गट ट्यालेण्टमै चौथो वर्ल्ड रेकर्डको प्रयास गर्ने बताएबा छन् ।

दिनेशले ३० सेकेण्डमा दिनेशले १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेर द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन वालमा रेकर्ड बनाएका हुन् ।

बुधबार अमेरिकामा हुने गट ट्यालेन्टमा उनी सहभागी हुनेछन् । अडिसनको सिलसिलामा संयुक्त राज्य अमेरिकाको चर्चित शहरहरुमा भिजिट नेपाल २०२० लक्षित गरि स्वदेशी तथा विदेशी विभिन्न ब्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको ध्यानाकर्षण गर्ने खालका आफ्नो कला प्रस्तुत गर्ने सुनारले बताए ।

केही दिनअघि दिनेशलाई पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

याे पनि पढ्नुहाेस ः ‘पार्कर’ खेल स्थापित गर्ने दिनेशको सपना