मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १६:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘अमात्य’लाई ‘नेवार’ले प्रतिस्थापन गर्न गाह्रो : मिलन नेवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १६:५७:००

अमात्य थर ग्रहण गर्नुअघि पनि म नेवार नै थिएँ । अहिले अमात्य छाडेर पुनः नेवार भएँ । मेरो पूर्वपतिको थर अमात्य थियो र त्यही ग्रहण गरेकी थिएँ ।

मिलन अमात्यको रूपमा मलाई दर्शक/श्रोताले चिन्दै आउनुभएको थियो । बीचमा मैले आफ्नो थर नेवार राखेँ । हरेक मानिसको जीवनमा चुनौतीहरू आइपर्छन् । मलाई पनि त्यस्तै चुनौती आइपरेकाले थर फेरेकी हुँ । ‘अमात्य’ थरलाई ‘नेवार’बाट प्रतिस्थापन गर्न केही कठिनाइ भने भइरहेको छ । तर, मेरो नाम र इमेज मैले नै बनाएको हो र आफैँले भत्काउन पनि सक्छु । किनकि, दर्शक/श्रोताले मेरो नाम होइन, क्षमतालाई मन पराउनुभएको हो । अमात्य थर ग्रहण गर्नुअघि पनि म नेवार नै थिएँ । अहिले अमात्य छाडेर पुनः नेवार भएँ । मेरो पूर्वपतिको थर अमात्य थियो र त्यही ग्रहण गरेकी थिएँ ।

पछिल्लो समय एल्बमको तयारीमा छु । यो एक–दुई वर्षको बीचमा केही मौनजस्तो रहेर काम गरेँ । आफू मौन रहँदै गर्दा अरूहरूले राम्रो काम गर्नुभएको छ । सबै राम्रो काम आफैँले मात्र गर्नुपर्छ भन्ने पनि छैन । समय सधैँं एकैनासको पनि हुँदैन । मैले काम गरिरहेकै छु । मेरो सक्रियता छँदै छ । हरेक समस्याबाट पार पाएर ‘रिकभर’ हुन समय लाग्छ नै । यसबीचमा मौन रहनु मेरो कमजोरी होइन ।