मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
वीरेन्द्र ओली
२०७५ पौष २७ शुक्रबार १८:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विवेकशील फुट : प्रवक्ता सूर्यराज भन्छन्-उज्जवलले भावना बगेर पार्टी फुटाए !

Read Time : < 1 मिनेट
वीरेन्द्र ओली
२०७५ पौष २७ शुक्रबार १८:३१:००

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले संयाेजक उज्जवल थापाले भावनामा बगेर नयाँ पार्टी गठन गरेकाे प्रतिक्रिया दिएका छन् । उनले थापाले राजनीतिक मूल्यमान्यताको कुरा गर्दै आएको र त्यो मूल्य मान्यता उनीमा पनि लागू हुने स्मरण गराएका छन् ।

उनले भनेका छन्,‘उज्जल थापा भावनामा बग्नुभयो, मूल्यमान्यताको राजनीतिको कुरा गर्नुहुन्छ कतिपय मुल्य मान्यता उहाँका पनि लागू गर्न गाह्रो हुने खालको थियो ।’ प्रवक्ता आचार्यले भनेका छन्,‘उहाँले आफ्नो असुन्तष्टि कुनै वैठकमा राख्नु पनि भएको छैन ।

उहाँले सुरुमा संयोजन समितिको वैठक बहिस्कार गर्नुभयो त्यसपछि लहडमा लागेर पार्टी निर्वाचन आयोगमा दर्ता गर्नुभयो भन्ने सुनेको छु, उहाँले आफ्ना निकट नेताको लहडमा लागेर दर्ता गरेर गल्ति गर्नुभयो ।’ उनी पार्टी विभाजन भएपछि पनि रवीन्द्र मिश्र निकट रहेका छन् ।

याे पनि पढ्नुहाेस : विवेकशील पार्टी फुट्यो, रञ्जुदेखि प्रदेश ३ का सबै सांसद् उज्जवलको पार्टीमा