१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बंगलादेशका फिल्ममेकर साहिन डिल्ली–रियाजको वृत्तचित्र ‘ब्याम्बो स्टोरिज’को एक दृश्य ।
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १२:२६:००
Read Time : > 1 मिनेट
नयाँCity

फिल्म साउथ एसिया–२०१९ बंगलादेशको ‘ब्याम्बो स्टोरिज’ उत्कृष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २ सोमबार १२:२६:००

फिल्म साउथ एसिया महोत्सव–२०१९ को प्रतिस्पर्धामा सहभागी वृत्तचित्रहरूमध्ये बंगलादेशका फिल्ममेकर साहिन डिल्ली–रियाजको ‘ब्याम्बो स्टोरिज’ले उत्कृष्ट घोषित हुँदै ‘रामबहादुर ट्रफी’ हात पारेको छ । पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ ।

‘ब्याम्बो स्टोरिज’ पाँचजना श्रमिकको कथा हो । उनीहरूले ठूलो नदीमा २५ हजारवटा बाँसलाई बाँसकै डुंगामा राखेर तीन सय किलोमिटर टाढा पु¥याउँछन् । त्यसबीचमा नदीमा आउने बाढी, वर्षा, अत्यधिक गर्मी र अँध्यारोमा आउने डाँकुहरूबाट बाँसलाई जोगाएका छन्, उनीहरूले । र, कठिन संघर्षका बाबजुद ती बाँस गन्तव्यमा पु¥याएरै छाड्छन् । फिल्ममेकर साहिन पेसाले सिने पत्रकार हुन् । उनी निर्देशक, निर्माता र छायाँकारका रूपमा पनि परिचित छन् ।

यस्तै, भारतका निर्देशक अमित महन्तीको वृत्तचित्र ‘स्क्र्याचेज अन स्टोन’ले रनरअप घोषित हुँदै एक हजार डलरको पुरस्कार पाएको छ । अफगानिस्तानका फिल्ममेकर अबुजार अमिनीको ‘काबुल सिटी इन द विन्ड’ले एक हजार डलर राशिको ‘युनिसेफ नेपाल चिल्ड्रेन डकुमेन्ट्री अवार्ड’ जितेको छ ।

पाँचजना श्रमिकको कथा ‘ब्याम्बो स्टोरिज’मा ठूलो नदीमा २५ हजारवटा बाँसलाई बाँसकै डुंगामा राखेर तीन सय किलोमिटर टाढा पु-याउँदाको संघर्ष समेटिएको छ ।

यस्तै, बेस्ट डेब्युतर्फ सिमोनी मेस्ट्रोनीको कस्मिरको राजनीतिक परिवेशसम्बन्धी वृत्तचित्र ‘आफ्टर प्रेयर्स’ले एक हजार डलरको ‘तारेक मसुद पुरस्कार’ पाएको छ । बेस्ट स्टुडेन्ट डकुमेन्ट्रीतर्फ भारतका फिल्ममेकर ऐश्वर्या ग्रोवरको ‘मेमोयर्स अफ सायरा एन्ड सलिम’ तथा नेपालका आशिष लिम्बू र देवेन राईको ‘द विन्टर ट्याप’ उत्कृष्ट घोषित भए । यसैगरी, जुरी अवार्डतर्फ भारतका हेमन्तकुमार गाबाको ‘एन इन्जिनियर ड्रिम’, भारतकै सुप्रियो सेनको ‘स्विमिङ थ्रु द डार्कनेस’ र भारतकै जेसे आकको ‘परिया डग’ पुरस्कृत भए ।

प्रतिस्पर्धाको जुरीमा नेपालका पत्रकार कुन्द दीक्षित, भारतीय फिल्ममेकर आयशा अब्राहम र श्रीलंकाली प्राध्यापक तथा फिल्ममेकर सुमाथी शिवामोहन थिए । कवि विप्लव प्रतीकले उर्दू सायरी वाचन गर्दै महोत्सवको १२औँ संस्करणको समापन गरेका थिए । दुई वर्षपछि ‘फिल्म साउथ एसिया’को १३औँ संस्करण काठमाडौंमै आयोजना हुनेछ ।