१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
वीरेन्द्र ओली
२०७५ पौष २७ शुक्रबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार

विवेकशील पार्टी फुट्यो, रञ्जुदेखि प्रदेश ३ सांसदमध्ये उज्जवलको पक्षमा २ सा‌ंसद

Read Time : < 1 मिनेट
वीरेन्द्र ओली
२०७५ पौष २७ शुक्रबार १७:४४:००

विवेकशील साझा पार्टी विभाजन भएको छ । दुई पार्टी एकीकृत भइ बनेको साझा पार्टीमा दुई जना संयोजक रहेका थिए । दुई संयोजकमध्येका उज्वल थापाले पार्टी फूटाएका हुन् । नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्तासमेत भइसकेको नेता रमेश पौडेलले बताए ।

विवेकशीलमा रवीन्द्र मिश्र, मुमाराम खनाल र सूर्यराज आचार्यले एकलौटी रुपमा ५ जना केन्द्रीय सदस्य थप गरेको, सहमतिबीनै प्रदेश संयोजक थप गरेको र १२ वटा विभाग खारेज गरेपछि विवाद उत्पन्न भएको थियो ।

अर्का पार्टी संयोजक मिश्र पक्षले ३० पुसमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । मुमाराम र केशव दाहालले पार्टीमा बढी चलखेल गरेको उज्जवल पक्षको आरोप छ । यि दुबै जना नेता नयाँ शक्ति पार्टी परित्याग गरी विवेकशीलमा प्रवेश गरेका थिए ।

३७ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीका बहुमत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई बुझाएका छन् । प्रदेश ३ का तीनै प्रदेश सांसदमध्ये विराजमान श्रेष्ठ र रमेश पौडेल उज्जवल थापाकाे पक्षमा रहेका छन् । त्यस्तै, रञ्जु दर्शना लगायतका नेताहरु पनि थापाकाे नयाँ बन्ने पार्टीमा छन् ।

याे पनि पढ्नुहाेस : विवेकशील फुट : प्रवक्ता सूर्यराज भन्छन्-उज्जवलले भावना बगेर पार्टी फुटाए !