मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ मङ्सिर २ सोमबार ११:०६:००
Read Time : > 2 मिनेट
सेयर बजार

आइतबार ४.५९ अंक घटेर ११३१.३६ बिन्दुमा नेप्से

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २ सोमबार ११:०६:००

शिवम् सिमेन्टको सेयर बिक्रीले कारोबार रकम बढे पनि मूल्य घटायो

साताको पहिलोदिन नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन शिवम् सिमेन्टको वित्तीय विवरण लगानीकर्ताहरूले सोचेभन्दा फरक अर्थात् विद्युत् बिक्री र नाफा घटेको आएपछि सेयर कारोबार बढेको हो । कम्पनीको सेयर माग गर्ने भन्दा बिक्री गर्नेको संख्या धेरै भएपछि मूल्य घट्न पुगेको छ । करिब सबै कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरिसकेका छन् । लगानीकर्ताहरू ती विवरण अध्ययन गर्ने क्रममा छन् । एकैदिन धेरै कम्पनीले वित्तीय विवरण सार्वजानिक गरेकाले अध्ययनको लागि समय लाग्ने एक लगानीकर्ता बताउँछन् । घट्दो प्रवृत्तिमा रहेको बजारमा वित्तीय विवरणले केही समयमा प्रभाव पार्ने लगानीकर्ता बताउँछन् । 

बजार सारांश
आइतबार नेप्से परिसूचक ४ दशमलव ५९ अंक घटेर १ हजार १३१ दशमलव ३६ बिन्दुमा बन्द भएको छ । १ हजार १५३.७३ बिन्दुदेखि सुरु भएको परिसूचक २१ मिनेटमा बढेर १ हजार १३७.२६ बिन्दुसम्म पुगेको थियो । सो बिन्दुमा पुगेपछि  ओरालो लागेको बजार अन्त्यसम्म घटेर बन्द भएको छ । 

सेन्सेटिभ इन्डेक्स यस दिन ०.९३ अंक घटेर २४९.१३ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन ०.२५ अंक घटेर ४.१२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंक घटेर ०.४२ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ५ हजार ९ सय ३९ पटकको कारोबारमा ३५ करोड ५१ लाख ५९ हजार ७ सय ६८ रुपैयाँबराबरको ११ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय २७ दशमलव ९२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३६ दशमलव ०३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय २४ दशमलव ४८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ४० दशमलव ७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३२ दशमलव ५९ रहेको छ ।

तीन कम्पनीमा सकारात्मक र शिवम् सिमेन्टमा नकारात्मक सर्किट
आइतबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्दा शिवम् सिमेन्टमा नकारात्मक सर्किट ब्रेक लागेको छ । लगातार केही दिनदेखि साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य बढ्दै गएको छ । यस दिन कम्पनीको सेयर ९ दशमलव ९७ प्रतिशत बढेर प्रतिकित्ता  १ हजार ३७ रुपैयाँ पुगेको छ । कम्पनीका सेयरधनीहरूको सेयरको मूल्य प्रतिकित्ता ९४ ले बढेको छ । दोस्रोमा घोडीघोडा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८७ प्रतिशत बढेर प्रतिकित्ता ४३४ पुगेको छ । तेस्रोमा पाँचथर पावर कम्पनीको सेयर मूल्य ९ दशमलव ८० प्रतिशत बढेर प्रतिकित्ता  ११२ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य घटेर आइपिओको मूल्यभन्दा तल पुगिसकेको थियो । कम्पनीले सार्वजानिक गरेको पहिलो त्रैमासिक विवरणमा नाफा कमाएको र विद्युत् बिक्री धेरै गरेको रिर्पोटले गर्दा सेयर मूल्य बढ्न पुगेको हो । 

साथै, शिवम् सिमेन्टको सेयरमूल्य ९.९७ प्रतिशत घटेर सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँ घटेर ४३३ कायम भएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो तीन महिनाको विवरणमा विद्युत् बिक्री आय घटेपछि लगानीकर्ताले सेयर बिक्री गर्न लागेका हुन् । गत आवको सोही अवधिमा ३७ करोड १४ लाख नाफा गरेको यस कम्पनीले यस आवको पहिलो त्रैमासमा १९ करोड ८६ लाख नाफा गरेपछि लगानीकर्ताले सेयर बिक्री गरेका हुन् । जसले गर्दा कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । 

१० समूहको परिसूचक घट्यो
आइतबार शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको दिनभरिमा ४ करोड ४ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा एनआइसी एसिया बैंकको ३ करोड ९३ लाख ६२ हजारभन्दा बढीको सेयर कारोबार भएको छ । यसदिन १२ समूहको परिसूचकमा १० समूहको परिसूचक घटेको छ भने दुई समूहको परिसूचक मात्र बढेको छ । व्यापार समूहको ७ दशमलव ४१ प्रतिशत र अन्य समूहको शून्य दशमलव ४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकीको घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ४ दशमलव २२ प्रतिशत घटेको छ । साथै, होटेल समूहको २ दशमलव ९१, जलविद्युत्को १ दशमलव ८२ र वित्तको १ दशमलव शून्य २ प्रतिशत घटेको छ । बाँकी समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ ।