१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १७:३३:००
Read Time : < 1 मिनेट
समाचार

जग्गाको कित्ताकाँट फुकुवा गर्ने मन्त्री अर्यालकाे निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १७:३३:००

सरकारले जग्गाको कित्ताकाँट फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाँट फुकुवा गर्ने निर्णय गरिएको बताए ।

शुक्रबार सिंहदरबारमा गरिएको पत्रकार सम्मेलनमा उनले स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाउने बताइन् । सर्वोच्च अदालतको आदेश, राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्देशन र जनप्रतिनिधीहरुको राय, सुझावलाई ध्यानमा राखेर जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिइएको उनको भनाई छ ।

मन्त्री अर्यालले जग्गाको कित्ताकाँट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन सरकारले स्थानीय तहका प्राविधिक समिति बनाउने गरी ‘भू–उपयोग नीति’ लागू गरेको बताइन् । २६ साउन २०७४ बाट जग्गाको खण्डिकरण गर्न सरकारले रोक लगाएको थियो । तर त्यसले जनतालाई सास्ती दिएपछि सो निर्णय खारेज गर्न बाध्य हुनु परेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको दावी छ ।