मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २ सोमबार ०९:५९:००
Read Time : < 1 मिनेट
अर्थ

बैंकिङ बिमा र पुँजी बजार प्रदर्शनी सुरु  

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार ०९:५९:००

काठमाडौंमा आइतबारदेखि दुईदिने बैंक, बिमा र पुँजी बजारसम्बन्धी बृहत् प्रदर्शनी मेला (बैंकिङ एक्स्पो) सुरु भएको छ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले  उद्घाटन गरेको एक्स्पोमा बैंक, बिमा, पुँजी बजारसँग सम्बन्धित ४८ स्टलहरू छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले ७ सय ४१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसेकेको बताए । बैंकबारे जनचेतना सबैमा पु¥याउन नसकेकै कारण आफ्नो घरगाउँमै पुगेको पैसालाई सदुपयोग गर्न नजानेको उनको भनाइ थियो । उनले बैंकिङ एक्स्पोमा सबै बैंक तथा वित्तीय संस्थाहरूको सहभागी नभएकोमा गुनासोसमेत गरे । 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पुँजी बजारको विकासका लागि बोर्डलगायत सम्बद्ध निकायले तीव्र रूपमा कार्य गभिइरहेको बताए । बोर्डकै आयोजनामा यसअघि काठमाडौं र प्रदेश नम्बर एकको राजधानी विराटनगरमा पुँजी बजार प्रदर्शनी गरिएको जानकारी गराउँदै यस्ता प्रदर्शनीले सेयर बजारबारे जानकारी लिन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एक्स्पो कार्यक्रमका संयोजक माधव निर्दोषले बैंकिङ एक्स्पो कार्यक्रम वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गत सञ्चालन गरिएको एक्स्पोले विद्यार्थी वर्ग, उद्यमशील युवा र स्वरोजगार बन्न चाहने युवाहरूका लागि अत्यावश्यकीय जानकारी प्रदान गर्ने जानकारी दिए । उनले एक्स्पोमा सञ्चालन गरिएका स्टलहरूको अवलोकन गरी आफूले बैंक वित्तबारे चाहेको जानकारी लिन अनुरोधसमेत गरे । 

मिडिया इन्टरनेसनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रो फाइनान्स बैंकर्स संघ, बिमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् ।