Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनिष खड्का  
२०७५ पौष २७ शुक्रबार १७:२८:००
Read Time : < 1 मिनेट
समाचार

रूकम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिकाको कार्यालय तकसेरामा सारियाे 

Read Time : < 1 मिनेट
मनिष खड्का  
२०७५ पौष २७ शुक्रबार १७:२८:००

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको कार्यालय तकसेरामा उद्घाटन भएको छ । शुक्रबार जिल्ला न्यायधिश दुर्गावहादुर भुषालले गाउँपालिकाको कार्यालय उद्घाटन गरेका हुन् ।

मतदानबाट गाउँसभाले गाउँपालिकाको कार्यालय कोलबाट तकसेरामा सार्ने निर्णय गरेको करिब ६ महिना पछि कार्यालय सारिएको हो । गाउँपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि गत श्रावण १० गते गाउँसभामामा मतदान भएको थियो । 

गाउँसभाका ४७ जना सदस्यले तकसेराको पक्षमा मतदान गरेका थिए भने कोलको पक्षमा २२ जना सदस्यको मात्र मत परेको थियो । निर्णय भएको आधा वर्षसम्म पनि कोलबाट कार्यालय तकसेरा सारिएको थिएन । सबै प्रक्रिया पुरा गर्नुपर्ने भएकाले कार्यालय सार्न समय लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष ओमप्रकास घर्तीका अनुसार गाउँसभाको निर्णय राजपत्रमा प्रकाशित हुन समय लागेकाले कार्यालय स्थापनामा ढिलाई भएको हो । 

गाउँसभाको निर्णय गाउँपालिकाले प्रदेश सभामा पठाएपछि प्रदेशले त्यसलाई अनुमोदन गरेर संघमा पठाएको थियो । संघले अनुमोदन गरेपछि दुई साता अगाडि मात्र साे निर्णय राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएपछि गाउँपालिकाको कार्यालय कोलबाट तकसेरा लगिएको हो ।