मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर १ आइतबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार

‘तपाई मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ’

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार १८:०८:००

लामो समयदेखि निर्माणको जिम्मा लिएर सडक अलपत्र पार्ने ठेकेदारको सार्वजनिक सवारी साधनमा फोटो राखेर विरोध अभियान सुरु भएको छ । दोलखाकाे मुडे चरिकोट सडक खण्ड अलपत्र पारेको भन्दै स्थानीयले सवारी साधनमा फोटो राखेर विरोध गरेका हुन् ।

वर्षौँदेखि सडक निर्माण अलपत्र पारेपछि दाेलखाका स्थानीयले पटक-पटक ताकेता गरेका थिए । स्थानीयकाे कुरा नसुनेपछि बाध्य भएर विराेध अभियान सुरु गरेको नागरिक अगुवा चिरञ्जिवी मास्केले बताए । उनका अनुसार शनिबारदेखि अभियान सुरू भएकाे हाे । स्थानीयका अनुसार २ दिनमा करिव सयाैँ सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो राखिएकाे छ । यस्तै अभियान पहिले भक्तपुरमा भएकाे थियाे ।

मुडे चरिकोट सडक खण्डकाे यात्रा करिव चार घण्टाकाे भए पनि सडकका कारण १० घण्टासम्म लाग्ने गरेको छ । सडक खण्डकाे पहिलो भागअन्तर्गत लामोसाँघु मुडे खण्डकाे करिव १३ किलोमिटर कालोपत्रे भइसकेकाे छ । तर दाेस्राे भागअन्तर्गत मुडे चरिकोट खण्डको अवस्था अस्तव्यस्त बनेकाे छ । साे सडक निर्माणकाे जिम्मा सकिल हैदर, शंकर माली, सुनौला खिम्ती जेभीका प्रबन्धक दीपक सापकोटले पाएका थिए । उनले काम नगरेपछि सवारी साधनमा फाेटाे टाँसिएकाे हाे ।

ठेकदार सापकाेटाकाे फाेटाेमा ‘तपाई मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ’, ‘कालापत्रे कहिले हुन्छ ?’ जस्ता स्लाेगन राखिएकाे छ । उनकाे फाेटाे बजारकाे चोकसहित सार्वजनिक स्थलमा पनि टाँसिएकाे छ ।