मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १५:५८:००
Read Time : < 1 मिनेट
सप्तरंग

कालीप्रसाद र सन्तोषको 'उदास जवानी' लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १५:५८:००

गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ । शनिबार आयोजित कार्यक्रममा उक्त गीति संग्रह विमोचन गरिएको हो । एल्वमको विमोचनमा गीतकार रिजाल, संगीतकार दीपक जंगम, गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । 

संगीतकार जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए । ‘अहिलेको समयमा लोभ लाग्दो काम भएको छ,’ उनले भने, ‘मैले गर्न नसकेको काम भएको छ । मैले पनि यो काम गर्ने सोच बनाएको छु ।’

यस्तै, गीतकार एवम् चलचित्र निर्देशक खरेलले रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए । उनले सन्तोष श्रेष्ठले गीतमा दिएको संगीतको प्रशंसा गरेका थिए । कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए । ‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ’, उनले भनेका छन् ।

‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै’ कार्यक्रममा देखाइएको थियो । यी दुवै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् । गीतमा मनोज राजले स्वर दिएका छन् भने म्युजिक भिडियोमा मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् ।

‘मै छोरीलाई गर्भमा नै’मा निशा देशारको स्वर रहेको छ । गीतमा श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् । एल्वममा पाँच वटा गीत समावेश छन् ।