Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १४:५४:००
Read Time : < 1 मिनेट
अर्थ

‘बैंकिङ, बीमा र पूँजी बजार प्रर्दशनी’ काठमाडौंमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १४:५४:००

काठमाडौंमा ‘बैकिङ, बीमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डलमा आईतबारबाट २ दिने सो प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

बैंक तथा वित्तिय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उनको भनाई छ । गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीहरुमा कम सहभागिता भएको भन्दै बैंक तथा वित्तिया संस्थाहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन् । गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पूँजी बजार र बीमाबारे आवश्यक जानकारी लिन पनि सबै पक्षलाई सचेत गराए ।