१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १ आइतबार १२:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

कैलाली र कञ्चनपुरका १७ सय किसान मर्कामा

सात सय हेक्टरमा लगाएको धान फलेन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार १२:१६:००

कैलाली र कञ्चनपुरमा करिब सात सय हेक्टर जमिनमा लगाएको गरिमा जातको धान फलेको छैन । धान नफल्दा दुवै जिल्लाका एक हजार सात सय किसान मर्कामा परेका छन् । 

कृषि ज्ञान केन्द्रकै सिफारिसमा कैलाली र कञ्चनपुरका किसानले उन्नत जातको गरिमा धान रोपेका थिए । तर, धान भित्र्याउने वेला हुँदासम्म नफलेपछि किसान मर्कामा परेका हुन । त्यतिवेला, छोटो समयमै राम्रो उत्पादन हुने भनेर कृषि ज्ञान केन्द्रले गरिमा धान रोप्न सिफारिस गरेको किसान बताउँछन् । धान नफलेपछि उनीहरूले केन्द्रमा गुनासो गरेका थिए । 

किसानको गुनासोपछि कृषि ज्ञान केन्द्र कञ्चनपुरको प्राविधिक टोलीले विवरण संकलन गरेको हो । केन्द्रका अनुसार, कैलाली र कञ्चनपुरमा सात सय हेक्टर क्षेत्रफलमा रोपेको गरिमा धानमा बाला लागेको छैन । यसबाट एक हजार सात सय किसान पीडित भएको केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए । कैलालीको चुरे र मोहोन्यालवाहेक ११ र कञ्चनपुरको नौवटै स्थानीय तहका किसानले गरिमा जातको धान रोपेका थिए । 

धानमा बाला नलागेपछि केन्द्रले विवरण संकलन गरेको र अब क्षतिपूर्तिका लागि सिफारिस गरिने भट्टले बताए । उनका अनुसार, राष्ट्रिय बिउ समिति, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र र सरकारलाई क्षतिपूर्तिका लागि सिफारिस गरिनेछ । ‘मंसिर पहिलो साताभित्रै सिफारिस गरेर पठाउँछौँ,’ उनले भने ।