१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०६:३९:००
Read Time : < 1 मिनेट
अर्थ

सूर्योदय नगर महोत्सव १४ मंसिरदेखि

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०६:३९:००

इलामको सूर्योदय नगरपालिकाले मंसिर १४ देखि १८ सम्म प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ । सरकारले घोषणा गरेको १ सय पर्यटन गन्तव्यमध्ये प्रदेश १ को एक मात्र पर्यटकीयस्थलमध्ये एक कन्याम फिक्कल श्रीअन्तु सर्किट पर्यटकका लागि महत्वपूर्ण आकर्षण रहेको नगरपालिकाका मेयर रणबहादुर राईले बताए ।

५० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्नेछ । भारतको दार्जेलिङ, सिक्किम, भुटान तथा बंगलादेशबाट समेत एकैदिनमा आइपुग्ने पहाडी गन्तव्य भएकाले सूर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जेलिङको स्थानीय सरकारसँग पनि सहकार्य गरेको उनले बताए । पहाडी क्षेत्रमा भारतसँग सीमाना जोडिएको एक मात्र पक्की सुगम सडकमार्गबाट इलाम भित्रने पर्यटक बढिरहेको उनले जानकारी दिए ।

आकर्षक सूर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सीमाना जोडिएको बजार पशुपतिनगर, रेड पाण्डा संरक्षणस्थल गोर्खेलगायत स्थानमा महोत्सवभर विभिन्न सांस्कृतिक कार्यक्रमसहित पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । महोत्सवसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने तयारी भइरहेको बताए ।

पर्यटन विकासका लागि पूर्वाधार आवश्यक रहेका बताउँदै उनले भने ‘सूर्योदश नगरपालिका पर्यटनको गन्तव्य नै गन्तव्य हो । यहाँका हरेक वडामा सडक र बत्ती पुगेको छ ।’ ७३ चिया उद्योग रहेको नगरपालिकालाई टी टेस्टिङ सेन्टरको रूपमा विकास गर्ने तयारी भइरहेको नगरपालिकाका वडा ९ का अध्यक्ष देवेन्द्र शर्माले बताए ।