मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका डोल्पा
२०७६ मङ्सिर १ आइतबार ११:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

भेटीको रकमले विद्यार्थीलाई झोला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका डोल्पा
२०७६ मङ्सिर १ आइतबार ११:३३:००

माता त्रिपुरासुन्दरी मन्दिरले भेटीको रकमले स्थानीय अनाथ बालबालिकालाई झोला सहयोग गरेको छ । 

त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा तीनवटा विद्यालयमा अध्ययनरत अनाथ, असहाय एवं विपन्न ५० बालबालिकालाई झोला प्रदान गरिएको हो । त्रिपुराकोटस्थित अनाथ संरक्षण केन्द्रका १५, लोकास्थित हिमज्योति आधारभूत विद्यालयका १० र भवानी आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई झोला प्रदान गरिएको हो । त्यस्तै, १५ जना दलित र जनजाति बालबालिकालाई झोला प्रदान गरिएको मन्दिरका मुख्य पुजारी कविप्रसाद उपाध्यायले बताए ।