मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ मङ्सिर १ आइतबार ११:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

वीरेन्द्रनगरमा खानेपानी समस्या हल गरिन्छ : शाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ मङ्सिर १ आइतबार ११:३१:००

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले पहल थालेको बताएका छन् ।

शनिबार वीरेन्द्रनगरमा जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले राजधानीको खानेपानी समस्या समाधान गरिने बताए । तत्कालीन समस्या सामाधान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको उनको भनाइ थियो । ‘वीरेन्द्रनगरलाई नमुना सहरका रूपमा विकास गर्नका लागि पहिलो आवश्यकता पानीको छ । प्रदेश सरकारले त्यसको समधानका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने । 

प्रदेश राजधानीको सडक, खानेपानी, विद्युत्, सरसफाइ तथा अन्य पूर्वाधार विकासका लागि दीर्घकालीन सोचसहित नयाँ गुरुयोजना बनाउने तयारी भइरहेको उनले बताए । 

चीन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण र चक्रपथ निर्माणका लागि आफूले चिनियाँ पक्षसँग प्रस्ताव गरेको र चिनियाँ पक्ष सकारात्मक रहेको उनले बताए ।