Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १६:४०:००
Read Time : < 1 मिनेट
समाचार

सवा १२ करोड ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १६:४०:००

ललितपुर उपमहानगरपालिका, ३ नेपाल बिटुमिन तथा व्यारेल उद्योगका संचालक अशोक कुमार श्रेष्ठको जाहेरीमा योगेन्द्रमणि दाहाल पक्राउ परेका छन् । ठगी गरी फरार हुँदै आएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

ठगी गरेको आरोपमा जिल्ला अदालत ललितपुरले गत वर्ष दाहाललाई बाह्र करोड ३५ लाख जरिवानसहित दुई वर्ष कैद फैसला सुनाएको थियो । उनलाई शुक्रबार काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो ।