Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
टेकराज थामी
२०७५ पौष २७ शुक्रबार १६:१८:००
मुख्य समाचार

'बहालवाला डिएसपी हुँ' भन्दै ठगी गर्ने एक पक्राउ 

टेकराज थामी
२०७५ पौष २७ शुक्रबार १६:१८:००

नेपाल प्रहरीको बहालवाला डिएसपी हुँ भन्दै ठगी गर्ने भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा पक्राउ परेका छन् । 

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार पुतली सडकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले प्रहरी प्रधान कार्यालय नक्सालस्थित चालचलन शाखाका प्रमुख डिएसपी भीमकिरण ढकाल हुँ भन्दै पुतली सडकस्थित तिरुपती होटलमा बसेर ठगी गरेका थिए ।

१४ दिनदेखि तिरुपतीको कोठा नं. २०३ मा बसेका उनले आफु महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत रहेको भन्दै विभिन्न युवतीलाई शारिरक शोषणसमेत गरेका थिए । सित्तैमा होलटमा बसेका ढकालले होटलवालालाई अनुसन्धानका लागि केही दिन अझै सोही कोठामा रहने बताएका थिए ।

विवाहित ढकालको १३ वर्षीय छोरा छन् । प्रहरीका अनुसार उनको श्रीमतीसँगको सम्वन्ध राम्रो छैन । घर जग्गाको करोबार गर्ने उनी दिउँसो भने भक्तपुरस्थित घरमा जाने र राती होटलमा आएर बस्ने गर्थे ।