Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सजीवनाथ दाहाल उदयपुर
२०७६ मङ्सिर १ आइतबार १०:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

स्थानीयद्वारा २० टिपर नियन्त्रण

मापदण्डविपरीत नदी दोहन गरेको आरोप

Read Time : < 1 मिनेट
सजीवनाथ दाहाल उदयपुर
२०७६ मङ्सिर १ आइतबार १०:४५:००

बेलका नगरपालिका–४ र ६ को सीमाक्षेत्रमा पर्ने सिसुवा खोलाबाट मापदण्डविपरीत ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेको भन्दै स्थानीयले २० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएका छन् । स्थानीय प्रेम अधिकारीले बिहान ६ देखि बेलुकी ६ बजेसम्म मात्र नदीजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गर्न पाइने भए पनि मध्यरातमा समेत नदीजन्य पदार्थ उत्खनन गरेकाले टिपर नियन्त्रणमा लिइएको बताए ।

‘मापदण्डविपरीत नदी दोहनले खेतीयोग्य जमिनसमेत बगर बन्ने अवस्था सिर्जना भएको छ,’ अधिकारीले भने, ‘त्यसमाथि ठेकेदारले नगरपालिकासँग गरेको सम्झौतामै उल्लेख भएभन्दा अलग समयमा समेत मनपरी ढंगले नदीजन्य पदार्थ उत्खनन गरेकाले स्थानीयले टिपर रोकेर राखेका हुन् ।’

गत भदौमा नगरपालिका र बिपी कन्स्ट्रक्सनबीच तीन करोड ७६ लाखमा नगरपालिकामा पर्ने १० वटा खोलाबाट एक लाख २१ हजार सात सय ८० घनमिटर ढुंगा तथा गिटी लैजाने सम्झौता भएको थियो । यसमध्ये सिसुवा खोलाको १५ हजार दुई सय ७९ घनमिटरमा अहिले विवाद देखिएको हो । उत्खननका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौतापत्रमा खोला उत्खनन गर्दा नदीको धार बंग्याउन नपाइने र कुनै संस्था वा व्यक्तिको जग्गालाई नोक्सान नपु¥याउने उल्लेख छ । तर, स्थानीय आफ्नो खेतीमा क्षति पुग्ने भन्दै आक्रोशित भएको स्थानीय माया वलीले बताइन् ।

मापदण्डविपरीत छैन : नगरप्रमुख
स्थानीयले मापदण्डविपरीत नदी दोहन गरेको भन्दै टिपर नियन्त्रणमा लिए पनि नगरपालिकाले भने मापदण्डविपरीत नभएको जनाएको छ । ‘सबै काम सम्झौतामा उल्लेख भएअनुसार नै भइरहेको छ,’ नगरप्रमुख दुर्गाकुमार थापाले भने, ‘मैले स्थानीयको माग के हो भन्ने नै बुझ्न सकेको छैन ।’ स्थानीयको भिड अनियन्त्रित भएकाले सुरक्षाका कारण स्थलगत रूपमा स्थानीयसँग वार्ता गर्न नसकिएको उनले बताए । यस्तै, स्थानीयलाई छलफलका लागि नगरपालिकामा बोलाइएको भए पनि स्थानीय नआएको उनको भनाइ छ ।