१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १ आइतबार १०:०३:००
Read Time : > 2 मिनेट
अर्थ

क्यान महासंघमा पाण्डे र कुँवरको प्यानल नै प्रतिस्पर्धामा 

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १ आइतबार १०:०३:००

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि सुनैना घिमिरे पाण्डे र नवराज कुँवरले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । मंसिर ७ गते हुने क्यानको १३औँ कार्यसमिति तथा निर्वाचनमार्फत नेतृत्वका लागि पाण्डे र कुँवर प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका हुन् । 

स्पेसटेक प्रालिका अध्यक्ष तथा जेनेरल टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक पाण्डेले क्यान महासंघमा १५ वर्षअघि आबद्ध भएकी थिइन् । त्यसयता उनी सदस्य, सचिव हुँदै उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकी छिन् । ‘क्यानका हरेक गतिविधिमा मैले नेतृत्वदायी भूमिका खेलेको छु र अनुभवका आधारले पनि म योग्य छु,’ उनले भनिन्, ‘क्यानलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त, सबल र अनुसन्धानमूलक संस्थाका रूपमा अगाडि बढाउने उद्देश्यसहित मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ ।’ अध्यक्षकी उम्मेदवार पाण्डेले क्यान महासंघलाई गैरराजनीतिक संस्थाका रूपमा सुरक्षित राख्दै सूचना तथा सञ्चार प्रविधिमा नेपालको एक मात्र सर्वोच्च संस्थाका रूपमा स्थापित गराउने, स्टार्टअप कम्पनीहरूलाई प्रोत्साहन गर्ने, आइसिटी बोर्ड गठन गर्न पहल गर्ने, आइसिटी इन्डस्ट्री डाटालाई व्यवस्थित गरी यस क्षेत्रमा सन् २०२४ सम्ममा ५ लाख रोजगारी बढाउन यथोचित भूमिका खेल्नेलगायत एजेन्डा अघि सारेकी छिन् ।

हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले क्यानको इतिहासमा उपत्यकाबाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेस गरेका हुन् । ‘७७ वटै जिल्लामा क्यान महासंघका शाखा पुर्‍याई मुलुकमा सूचनाप्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ मैले सूचना प्रविधि व्यवसायीको छाता संस्थाका रूपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा दाबेदारी पेस गरेको हुँ,’ उनले भने, ‘विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव सँगालेको, समितिका सबैभन्दा पुरानो र हाल वरिष्ठ उपाध्यक्ष भएकाले पनि मेरो उम्मेदवारी स्वाभाविक छ ।’ ०५२ देखि क्यानको सदस्य रहेका कुँवरले ०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरेका थिए । उनले क्यानको पहिलो शाखाका रूपमा सदस्यता दिलाएका थिए । कुँवरले सूचना प्रविधिसम्बन्धी सामान एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडब्यान्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यावहारिक कर नीतिलाई सरकारसँग छलफल गरी समाधान गर्ने, क्यान महासंघको पूर्वाधार विकास गर्ने, क्यान मेलालाई अझ भव्य बनाउनेलगायत एजेन्डा अघि सारेका छन् ।

को–को छन् पाण्डेको प्यानलमा ?  
पाण्डेको प्यानलमा संस्थागत आजीवन सदस्यतर्फ विक्रम सिंह, ई. समीर प्रधान र अहमद खान रहेका छन् । त्यस्तै, संस्थागत सदस्यतर्फ विश्वराम बलामी, अरुण वंशल, उमेश रघुवंशी, रणजितकुमार पोद्दार, बुद्धरत्न मानन्धर, सरितासिंह कायस्थ, नुच्छे महर्जन रहेका छन् । व्यक्तिगत आजीवन सदस्यतर्फ हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान, ई. अमित अग्रवाल र व्यक्तिगत सदस्यतर्फ रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, ई. गुणकेशरी प्रधान, ई. वसन्त लिङथेप, डा. श्रीधर मरासिनी, रूपेशभक्त श्रेष्ठ र सुष्मा शर्मा रहेका छन् । प्रादेशिक सदस्य समूह सदस्यतर्फ प्रदेश–१ मा  ठाकुरकुमार श्रेष्ठ र भूपेन्द्र मैनाली, प्रदेश–२ मा जितेन्द्र रौनियार र सरोजबाबु न्यौपाने, प्रदेश–३ मा श्यामकल श्रेष्ठ र जयराम हुमागाईं, गण्डकी प्रदेशमा जगनबहादुर गुरुङ र कृष्ण पौडेल (कुमार), कर्णाली प्रदेशमा पूर्णदेव अधिकारी र सुदूरपश्चिम प्रदेशमा मनोहरकुमार श्रेष्ठ र खेमराज ढुंगाना रहेका छन् । पाण्डेको प्यानलमा लेखा समिति सदस्यतर्फ राजु कट्टेल, केशव भट्टराई र नारायण क्षत्री रहेका छन् ।

कुँवर प्यानलमा को–को ? 
कुँवर आफ्नो समूहबाट संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपानेलाई अघि सारेका छन् । यस प्यानलमा संस्थागत आजीवन समूहमा डा. पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल रहेका छन् । व्यक्तिगत आजीवन समूहबाट प्रा.डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी र व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की रहेका छन् । त्यस्तै, वस्तुगत सदस्य समूहबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा रहेका छन् । लेखासमितिमा लक्ष्मण यादव, हृदयमान श्रेष्ठ र भीमसेन गिरी छन् । जिल्ला शाखा समूहबाट प्रदेश– २ मा दीपेन्द्रराज सिंह र भूपालदास श्रेष्ठ, प्रदेश– ३ मा शेखरनाथ दुलाल र भानु शर्मा, गण्डकी प्रदेशमा अशोकबाबु राना, प्रदेश– ५ मा रेशम गिरी र ध्रुवराज शर्मा (सुदीप), कर्णाली प्रदेशमा दलबहादुर खड्का र भीम मल्ल र सुदूरपश्चिम प्रदेशमा हर्क सेठ्ठी र खेमराज ढुंगाना रहेका छन् ।